बुंगलमा भ्रष्टाचार विरुद्ध चार दलको संघर्ष समिति गठन, संघर्षका कार्यक्रहरु जारी राख्ने समितीको निर्णय

बझाङ । बुंगल नगरपालिकामा भइरहेका भ्रष्टाचार विरुद्ध संघर्षका कार्यक्रम गर्ने भन्दै चारदल द्धारा संयुक्त संघर्ष समिति गठन गरिएको छ । आज बिहीबार नेपाल कम्युनिष्ट पार्टी एमाले , कम्युनिष्ट पार्टी विप्लव , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बसेर छलफल गर्दै संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ ।

नेकपा एमाले नगर कमिटी अध्यक्ष मोहन कुंवरको अध्यक्षतामा भएको छलफलमा चारै वटा पार्टीले भ्रष्टाचार बिरुद्ध ऐकिबद्धता जनाउदै संयुक्त विज्ञप्ती पनी जारी गरेका छन् । साथै चारवटै पार्टी बाट प्रतिनिधित्व हुने गरी अर्जुन धामीको संयोजत्वमा ९ सदस्यीय संघर्ष समिती पनी गठन गरीएको छ । यस अघि कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले उम्मेदवार बाट पैसा लिएको फोन संम्वाद बाहिरीय पछि उक्त कुराको छानबिन गर्नुपर्ने माग राख्दै संघर्ष समितीले आज नगरपालिकामा विरोध प्रदशन गरेको हो । विरोध प्रदशनका क्रममा संघर्ष समितीले नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष , शिक्षा शाखा , र सुचना प्रबिधी शाखामा ताला लगाउन खोजेको भएपनि प्रहरीले हस्तक्षप गर्दै ताला लगाउन भने रोकेको थियो ।

संघर्ष समितीले विरोध यतिक्कैमा नसकिने र छानबिन नहुन्जेल सम्म संघर्षका कार्यक्रहरु जारी राख्ने जनाएको छ ।संर्घष समितिले कर्मचारी भर्नामा नगर प्रमुखले पैसा लिएको बिषयको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने , राज्यका सम्बन्धित निकायले अनुसन्धान गरि नगरप्रमुख लगायत अडियो रेकर्डमा नाम समाबेश गरिएका कर्मचारी माथि छानबिन गरि दोषी देखिए कारबाही गर्नुपर्ने लगाएतका मागहरु राखेका छन् ।

मागहरू पूरा नभए सम्म संघर्षका कार्यक्रम नरोकिने र संघर्ष गर्दा कुनै अप्रिय घटना घटेमा स्वयं नगरप्रमुले जिम्मेवारी लिनुपर्ने बताइएको छ ।

Hohel Kananga
Loading...