धुर्व बहादुर बिस्ट
रेडियो सेरोफेरो ९०.२
बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ मा रहेको श्री राम आधाभुत विद्यालयको भवनमा पहिरो पस्दा पठनपाठनमा समस्या भयको छ ।
गत भाद्र २ गते राती अविरल वर्षासङ्गै विद्यालय माथिबाट आयको पहिरोले विद्यालयको २ वटा पक्की भवन एक भान्छा र एक कच्ची भवनमा क्षति गरेको छ । विद्यालयका प्रधानाध्यापक हेमन्त बिस्टका अनुसार पहिरोले विद्यालयका पाँच वटा कक्षा कोठा र एक भान्छा घरमा क्षति गरेको छ । माथिबाट लेदो सहितको पहिरो आउदा विद्यालय भवनको पछाडिका झ्याल,ढोका मा क्षति हुनुकासाथै लेदो भित्री कक्षाकोठामा पसेको छ ।
करिव २५० भन्दा बढी विद्यार्थी सङ्ख्या रहेको उत्त विद्यालयमा अहिले कक्षाकोठाको अभाव हुनुका साथै पठनपाठन प्रभावित बनेको छ ।
करिव ३० मिटर माथिबाट पहिरो खसेको छ , पहिरोले भवनको पछाडी पट्टिको सबै भाग ढाकेको हुदा तत्काल पहिरो पन्छाउन सम्भव नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बिस्टले बतायका छ्न ।
नत विद्यार्थीहरुलाइ बस्ने कक्षाकोठा छ न दिवाखाजा खुवाउने भान्छानै छ ,बर्सातको समयले अझै समस्या गरेको उहाले बतायका छ्न ।
विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न निकै कठिन परिस्थितिमा साना कक्षाहरुलाइ एकै ठाउमा सिप्ट गरि पठनपाठन सुचारु गर्नु परेको प्रधानाध्यापक बिस्टले बतायका छन । पहिरोले विद्यालयमा खानेपानी पुर्णरुमा क्षति भयको छ भने खेलमैदानमा पहिरो पस्दा बिहाना प्रथना गर्न समेत अप्ठ्यारो भयको शिक्षक महेस कुवर ले बतायका छ ।
नियमित रुपमा पठनपाठन सुचारु गर्न विद्यालय भवनको पुन मर्मत को लागि विद्यालयले स्थानिय सरकार सङ्ग गुहार गरेको छ ।