टुमेडा पहिरो ; ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुंगल नगरपालिकाले ४ लाख रुपैयाँ दिने

सुरेश धामी ,बझाङ।  बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुंगल नगरपालिकाले राहत स्वरुप चार लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले हिजो सोमबार एक शोक वक्तव्य जारी गर्दै मृतकका परिवारलाई राहत स्वरूप रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

नगरपालिकाले मृतका परिवारलाई तत्काल उद्दारगरी राहत स्वरुप रु दश हजार नगत सहित राहत सामाग्री र दाहसंस्कार गर्न दाउराको व्यवस्था गरिएको बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले बताउनु भएको छ । यस अघि सुदूरपश्चिम सरकारले पनि मृतका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति १ लाख रुपयाँ दिने घोषणा गर्नुभएको थियो ।

आईतबार रातिको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५८ बर्षिय काली देवि धामी , जेठी बुहारी २८ बर्षिय गोल्के धामी , नातिनी ६ बर्षिया आकृति धामी ,र ३ बर्षिय लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो । बुंगल नगरपालिकाका नगर प्रमुख धामीले पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धान्जली र मृतका परिवार परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

साथै उहाँले तत्काल घटना स्थलमा आएर उद्धार तथा राहत कार्यमा सहयोग गर्नुुहुने स्थानीय, नगरपालिकाका जनप्रतिनिधी , सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, जिल्ला प्रशासन कार्यालय,सहायक प्रमुख जिल्ला अधिकारी प्रहरी नायक उपरिक्षक र रेडक्रस,विभिन्न संघ संस्था लगायत सम्पुर्णलाइ धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

Hohel Kananga
Loading...