बुंगल नगरपालिकामा ‘कृषि एम्बुलेन्स’ सञ्चालन

बझाङ ।  बुंगल नगरपालिकाले कृषिजन्य सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु, फलफुल तरकारी र रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएकोे हो ।

किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, तथा रैथानेबाली तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनका पालिका भित्र कृषि एम्बुलेन्स परिचालन गर्न लागिएको बुंगल नगरपालिकाका नगर उप–प्रमुख धन बहादुर बोहराले बताउनुभयो ।

किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रूपमा बिक्री तथा ढुवानीका लागि वातावरण मिलाउने र नगरपालिकामा कृषि सामाग्री संकलन केन्द्र स्थापना गरेर कृषकको उत्पादनलाई संकलन केन्द्रमा संकलन गरी बजारीकरण तथा कृषि एम्बुलेन्सबाट अन्य क्षेत्रमा पनि ढुवानी गरिने बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुवरले जानकारी दिनुभयो । नगरपालिकाले गत आर्थिक बर्षमा विनियोजित बजेट बाट कृषि एम्बुलेन्स र एउटा बोलरु जिप खरिद गरेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...