नेपाल निजामती कर्मचारी संगठन द्धारा वृहत् रक्तदान गरियो

Image

बझाङ; नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जिवन दान,, भन्ने मान्यतालाई स्थापित गर्दै सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले आज शनिबारजिल्ला अस्पताल बझाङमा उक्त रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा दिनेश बहादुर धामी ,मुकेश कुमार थापा, धन बहादुर घर्ती ,गिता शाही रक्तदान गरेका छन् । त्यस्तै कृष्णा थापा, रामचन्द्र धामी ,सुमन बोगटी ,निरज प्रशाद रेग्मी ,देवेन्द्र जोशी , र बिरेन्द्र बोहरा गरी १० जनाले रक्तदान गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष दिनेश बहादुर धामीले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन