जयपृथ्वी नगरपालिकाका दश घर पहिरोको उच्च जोखिममा !

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा रहेका १० घर पहिरोको उच्च जोखिममा छन् । वडा नम्बर ११ भिमल ल्वारबाडाका स्थानीय पहिरोको उच्च जोखिममा रहेका हुन् ।

आफूहरुको घर माथिबाट चैनपुर मयाना धामिलेक पिठालेक सडक कटान गर्दा पहिरोको जोखिम धेरै रहेकोले स्थानीयहरुले सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । सडक कटान गरेर माटो जथाभावी फाल्दा बर्खामा १० घरपरिवार पहिरोको उच्च जोखिममा परेका स्थानीय भक्तराज जोशिले बताए ।

यता ठेकेदार कम्पनी र सहरी विकास बोर्डले भने मापदण्ड अनुसार सडक कटान भएको र बस्ति भएको ठाँउमा सडकको माटो जथाभावी नफालेको दाबी गरेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...