फार्वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले गर्‍यो’नव आगन्तुक विद्यार्थीलाई स्वागत !

Image

बझाङ । फार्वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरि न्युनतम शुल्कमा १२ महिने प्रोफेस्नल डिप्लोमा इन कम्प्युटर एप्लिकेसन तालिम सञ्चालन गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका १० चैनपुरमा रहेको फार्वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले जिल्ला भरिका कम्प्युटर सम्बन्धि तालिम लिन चाहने १ सय भन्दा बढी गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि न्युन शुल्कमा तालिम सुरु गरेको हो ।

फार्वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले आज शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै तालिममा सहभागी हुने नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शुक्रबार आज फार्वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रबन्धक तथा सञ्चाक नरेश खड्काको सभाअध्यक्षतामा भएको स्वागत कार्यक्रममा जयपृथ्वी नगरपालिका वडा नं ४ का कार्यवाहक वडा अध्यक्ष पुष्पराज उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।

कम्प्युटर शिक्षा र प्रविधिमा नागरिकको पहुँच बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको इन्स्टिच्युटका प्रबन्धक नरेश खड्काले बताउनु भयो । तालिम उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती उपाध्यायले विज्ञान र प्रविधिको युगमा हरेक नागरिकसँग प्राविधिक ज्ञान हुन जरुरी रहेको बताउनुभयो ।उहाँले सक्रिय भएर तालिममा सहभागि भई सिप सिक्न सहभागिलाई आग्रह गर्नुभएको छ । कम्प्युटर शिक्षा आजको आवस्यकता भन्ने मुल नाराका साथ सुरु भएको तालिम १२ महिना सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन