डर्टबाइक रेसिङको टिकट आईएमई पेबाट खरिद गर्न मिल्ने

Image

 भाेलि शनिवार धुलिखेलमा हुने डीटीएमएक्स९७७ च्याम्पियनशिप सिरिजको फाइनल रेसमा आईएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।

एलिट तथा ओपन वर्गमा हुने रेसका विजेताले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

डर्ट बाइक रेसिङ सँगसँगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ । याे कार्यक्रममा विभिन्न साङ्गीतिक ब्यान्डसँगै मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारले भरिएको एड्रेनालाइन-पम्पिङ दिनको निम्ति टिकटहरू आईएमई पे एपमार्फत ५ सय रुपैयाँमा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन