थलारा गाँउपालीकाले पालिका भित्रका विद्यालयहरुको शिक्षक दरबन्दी मिलान गर्दै

बझाङ ।  थलारा गाँउपालीकाले पालिका भित्रका विद्यालयहरुको विद्यार्थी शिक्षक दरबन्दी मिलान गर्नु पर्ने भन्दै हालसम्म विद्यालयमा कायम रहेको कक्षा तहहरु घटाउने भएको छ । गाउँपालिकाले कक्षा तहहरु घटाउने निर्णय गरेपछी गाउँपालिकाका अधिकांस अभिाभावकहरुले असन्तुष्टी व्यक्त गर्न थालेका छन् ।
शैक्षिक सत्रको सुरुमा विद्यार्थी भर्ना गरेर पठनपाठन समेत संचालन गरि सकेका कतिपय विद्यालयहरुमा पालिकाले परिपत्र नै नगरी कक्षा तह हटाएको जानकारी दिएपछि पालिकाको यो कदमको आलोचना भइरहेको हो । गाँउपालिकाको विद्यालय अनुगमन कार्यदलको प्रतिवेदनको सुुझाव सहित २०८० चैत्र २५ गते बसेको गाँउ कार्यपालिकाको बैठकबाट कक्षा तह समायोजन गर्ने र्निणय भएको थियो ।
थलारा गाउँपालिकाले विद्यालयको कक्षा तह झार्दै चार कक्षासम्म अध्यापन हुँदै आएको कालीका आधारभुत विद्यालय पिपलकोटलाई तिन कक्षा कायम गरेको छ । प्रगती महिला बाल विकास केन्द्र मोतिपुरको बालकक्षा हटाएर उक्त विद्यालयलाई शुल्य कक्षामा झारिएको छ । तेडी भवानी आधारभुत विद्यालयलाई बाल कक्षामा, सरस्वती आधारभुत विद्यालयलाई पिपलगडालाई कक्षा तिनमा र दुुग्देश्वर आधारभुत विद्यालयलाई पाँच कक्षामा झारिएको छ ।
त्यस्तै डाँडाबाड आधारभुत विद्यालयलाई कक्षा १ सम्म भवानी मावी माडुुकाट्नेमा एक, दुई र तिन कक्षा हटाएर चार देखी १२ कक्षासम्म मात्र कायम गरिएको छ । खापर आधारभुत विद्यालय, खप्तड आधारभुत विद्यालय, मष्टा आधारभुत विद्यालय, कालीका आधारभुत विद्यालय, त्रिभुुवन आधारभुत विद्यालयमा चार र पाँच कक्षालाई घटुवा गर्दै तीन कक्षासम्म कायम गरिएको छ ।
महालिंग आधारभुत विद्यालय बाल कक्षासम्म, प्रगती आधारभुत विद्यालयलाई एक कक्षामा झारिएको हो । कालीका आधारभुत विद्यालय तिन, तेडी आधारभुत विद्यालय एक, मष्टा आधारभुत विद्यालय तिन, नबरत्न आधारभुत विद्यालय तिन कक्षासम्म कायम गरिएको थालरा गाउँपालिकाले जनाएको छ । विद्यालयको कक्षा तह घटुवा भएपछि अहिले ती विद्यालयका अभिभावक शिक्षकहरु साविक कै कक्षा तहमा राख्नु पर्ने भन्दै दवाव दिइरहेका छन् ।
थलारा गाँउपालिकाले विद्यालयको व्यवस्थापन तथा शैक्षिक क्षेत्रको सुुधारका लागी नेपाल सरकारको लक्ष्य र पालिकाको योजना अनुसार विद्यालयको तह घटुवा गरेको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो । पालिकाको पुुजिगत रकमवाट पारिश्रमीक खाने शिक्षक बढी भएका र पालीकाको विकास बजेटको झन्डै २ करोड खर्च शिक्षकलाई तलव खुवाउनकै लागी खर्च हुन थालेकाले विद्यार्थी अनुपात आधारमा विद्यालयको कक्षा तह घटाउनु परेको अध्यक्ष रोकायाले बताउनुभयो । थलारा गाउँपालिकामा ४० वटा विद्यालय रहेका छन् ।

Hohel Kananga
Loading...