बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगियो

Image

बझाङ । धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । जहाजको दुुबै तिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेकोे जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ ।
नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् । जहाजमा रहेका एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको बारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो । त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरिक्षण गरेको थियो ।
काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ । ‘दुवै ठाउँबाट इन्धन लिक भएको रहेछ । यस्तोमा इन्जिन तातिए पछि आकास मै आगो लाग्ने खतरा हुन्छ समिट एयरका कर्मचारी रोसन सिंहले भने ‘अब काठमांडौबाट इन्जिनियर आएर मर्मत गरे पछि मात्रै जहाज हुनेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन