झोतामा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बुंगल नगरपालिकाको अग्रता कायमै

Image

बझाङ । बझाङमा जारी १४औं राष्ट्रपतिरनिङ्ग शिल्ड प्रतियोगितामा अहिलेसम्म बुंगल नगरपालिकाले अग्रता कायमै राखेको छ । जिल्ला खेलकुद समितिको आयोजनामा माघ २४ गतेदेखि केदारस्यूँ गाउँपालिकाको झोतामा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको १४औं संस्करणमा बुंगल नगरपालिकाकाले अहिलेसम्म अग्रस्थान कायमै राखेको हो ।

जिल्लाका सबै पालिकाको सहभागीता रहेको प्रतियोगितामा तीन दिन खेलाइएका विभिन्न खेलमा बुंगल नगरपालिका ८ स्वर्ण २ रजत गरि जम्मा १० पदक प्राप्त गर्दै पहिलो स्थानमा रहेको बुंगल खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर कुंवरले जानकारी दिनुभयो । केदारस्युँ गाउँपालिकाले ४ स्वर्ण ३ रजत ४ कास्यँ गरि जम्मा ११ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । सबैभन्दा कमजोर मष्टा गाउँपालिका रहेको छ । मष्टा गाउँपालिकाले अहिलेसम्म १ कास्यँ मात्रै प्राप्त गरेको छ ।

त्यस्तै जयपृथ्वी नगरपालिकाले ३ स्वर्ण ३ रजत ३ काँस्य गरि ९ पदक हातपार्दै तेस्रो स्थानमा रहेको छ । खप्तडछान्ना गाउँपालिकाले २ स्वर्ण २ रजत १ काँस्य गरि ५ पदक प्राप्त गरेको छ । बित्थडचिर गाउँपालिकाले १ स्वर्ण २ रजत २ काँस्य गरी जम्मा ५ पदक , थलारा गाउँपालिकाले १ स्वर्ण २ रजत प्राप्त गरि जम्मा ३ पदक ,दुर्गाथली गाउँपालिकाले १ स्वर्ण १ रजत र ३ काँस्य प्राप्त गरि ५ पदक , छविसपाथिभेरा गाउँपालिकाले २ रजत ४ काँस्य प्राप्त गर्दै जम्मा ६ पदक हात पारेको छ ।

साथै तलकोट गाउँपालिकाले २ रजत ,साईपाल गाउँपालिकाले १ रजत र सुर्मा गाउँपालिकाले २ काँस्य हात पार्दै पुछारमा रहेका छन् । अब राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाकी रहेका १० स्वर्ण १० रजत र १० काँस्यका लागि संचालन गरिने विभिन्न खेलमा सबैपालिकाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन