बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर

बझाङ : बझाङको बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर चयन भएका छन् ।  बझाङ जिल्ला खेलकुद समितिले गत पुस १६ गतेको निर्णय अनुसार कुँवरलाई खेलकुद समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय अनुसार सर्वसम्मत रुपमा बु‌गल नगर खेलकुद समितिको अध्यक्षमा चयन भएका हुन् ।

सुदुरपश्चिम प्रदेश खेलकुद नियमावली, २०७७ को नियम ७ को उपनियम (१) को खण्ड (क) मा व्यवस्था भए बमोजिम बझाङ जिल्ला खेलकुद समितिको निर्णय अनुसार कुँवरलाई ४ बर्षका लागी नगरपालिका खेलकुद समितिको अध्यक्षमा नियुक्त गरिएको हो । यो स‌गै आज देखि कुँवरले बुंगल नगरपालिकाको खेलकुद समिति अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

Loading...