प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस बझाङमा अन्तरक्रिया गर्दै मनाइयो

बझाङ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस बझाङमा अन्तरक्रिया कार्यक्रम गरि  मनाइएको छ । प्रेस चौतारी नेपाल बझाङ शाखाले बझाङको पत्रकारिता र प्रेस चौतारीको संस्थागत विकास विषयक अन्तरक्रिया कार्यक्रम गरी नेकपा एमालेको पार्टी कार्यालयमा २६ औँ स्थापना दिवस मनाइएको हो ।

प्रेस चौतारी नेपाल बझाङ शाखाका अध्यक्ष मकरराज धामीको अध्यक्षतामा तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरको प्रमुख आथित्यमा भएको अन्तरक्रिया कार्यक्रममा बझाङको पत्रकारिता र प्रेस चौतारीको संस्थागत विकास संगठनलाई अगाडी बढाउनको लागि गरिने क्रियाकलाप लगाएतका विषयमा अन्तरक्रिया गरीएको प्रेस चौतारी नेपाल बझाङ शाखाका सह–सचिव सुरेश धामीले जानकारी दिनुभयो ।

वि.सं. २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा चौतारीले केन्द्र र देशभरका शाखामा विभिन्न कार्यक्रम गरीm आज स्थापना दिवस मनाएको छ।

janahit ma jari sandesh
Masta R.M
Loading...