छबिसपाथिभेरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बझाङ ।  छबिसपाथिभेरा गाउँपालिकामा संचालित अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । छबिसपाथिभेरा गाउँपालिकाको आर्थिक सहयोगमा बान्नीचौर माध्यमिक विद्यालयमा पुष १२ गतेदेखि सुरु भएको प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छात्रछात्रा भलिबल तथा एथलेटिक्सका खेल खेलाईएको थियो ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बान्नीचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालयले हात पारेको छ । बान्नीचौरले ९ स्वर्ण हातपार्दै उपाधि हातपारेको हो । यस्तै ८ स्वर्ण सहित जनप्रिय माध्यमिक विद्यालय बगडगाउँ द्वितीय, ५ स्वर्ण सहित शान्ति माध्यमिक विद्यालय चौघानपाटा तृतीय भएको छ । यस्तै थलारा माध्यमिक विद्यालय थलाराले ४ स्वर्ण, बाठपालि माध्यमिक विद्यालय बिसौनाले २ स्वर्ण, सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगर मेल्लेखले १ स्वर्ण र मजखोरी माध्यमिक विद्यालय मजखोरीले १ वटा स्वर्ण प्राप्त गरेको छ ।

Bungal Purai
Bithadchir 2
Loading...