दुर्गाथली गाउँपालिकाले आयोडिन युक्त भानु नुन पालिकाबाटै वितरण गर्दै !

Image

बझाङ ;  दुर्गाथली गाउँपालिकाले आयोडिन युक्त भानु नुन अब पालिकाबाटै वितरण गर्ने भएको छ । नेपाल सरकारबाट अनुदान प्राप्त भानु नुन यसअघि जिल्ला सदरमुकाम चैनपुरबाट बितरण हुँदै आएकोमा पालिकाबासीको सहजताका लागि दुर्गाथली गाउँपालिकाले तीन ठाउँबाट वितरण गर्ने प्रबन्ध मिलाएको हो।

नुनकै लागि पालिकाबासिले एक दिनभर कटाउनुपर्ने र महँगो भाडा खर्च गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दुर्गाथली गाउँपालिकाले वडा नम्बरको १ को भुवागडा बजार, वडा नम्बर ३ को कार्यलय र वडा नम्बर ५ को कार्यालय नजिकबाट नुन वितरण गर्ने व्यवस्था मिलाएको हो ।

दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाका अनुसार साल्ट ट्रेनिङ कार्पोरेसन डिपो कार्यालय बझाङले मोरीबगरसम्म ल्याइदिने र मोरिबगरबाट दुर्गाथली गाउँपालिकाले एकता बहुउदेश्यी सहकारी जुजी ढुवानी अनुदान दिएर तीन वटा वितरण केन्द्रमा पुर्याउने सहमति भएको छ ।

चैनपुरमा प्रतिकेजी ९ रुपैँयामा पाइदै आएको नुन दुर्गाथलीका तीन ठाउँबाट १ रुपैयाँ सेवा शुल्कसहित १० रुपैयाँमा प्रत्येक हप्ताको शनिबार वितरण गरिने अध्यक्ष थापाले बताउनुभयो । एक व्यक्तिले जम्मा ५ केजी मात्रै नुन लिन पाउने पनि पालिकाले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्