घुमन्ते व्यापारी देखिन थालेपछि बझाङका स्थानियमा त्रास

Image

बझाङ : बझाङ जिल्लामा घुमन्ते व्यापारीहरु देखिन थालेपछि जिल्लाबासीहरु त्रसित भएका छन् । कोरोना माहामारीले भयावह रुप लिइरहेका बेला जयपृथ्वी नगरपालिका, सुर्मा, मष्टा, तल्कोट, केदारस्युँ, छबिसपाथिभेरा गाउँपालिका लगायतका स्थानीय तहका ग्रामिण भेग र बजार क्षेत्रमा घुम्ती व्यापारीहरु अप्रत्यासित रुपमा देखिन थालेपछि जिल्लाबासी त्रसित बनेका हुन् ।

बलाङ्केट, तन्ना, दन र शरिरमा लगाउने लुगाकपडाहरु बोकेर गाउँ र बजार क्षेत्रमा डुल्न थालेपछि शशंकित भएको चैनपुरमा व्यापार गर्दै आउनुभएका डबल खड्काले बताए । घुमन्ते व्यापारीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाउने, दैनिक रुपमा धेरैको सम्पर्क रहने, जथाभावी र जहाँतहीँ छुने हुँदा कोरोना सर्न सक्ने सम्भावना रहेको उनले बताए ।

ती व्यापारीहरु भारतबाट तराइका जिल्ला हुँदै सबै जिल्लामा घुम्ने हुँदा यस्ता व्यापारीबाट सजग रहन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । साथै प्रशासनले ती व्यापारी जिल्लामा देखिएपछि आफ्नो ध्यानाकार्षण भएको र आइतबा।बाट सुरक्षाकमीहरुलाई खटाइने बताएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्