दुर्गाथली गाउँपालिकाको वडा नं ४ भदौ २७ सम्म निषेधाज्ञा जारी

Shivashankar

बझाङ : २० जना कोरोना संक्रमित देखिएपछि दुर्गाथली गाउँपालिकाको ४ नम्बर वडा आईतबारबाट निषेधाज्ञा जारी गरिने भएको छ । शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा एउटै वडाका २० जनामा संक्रमण देखिएको थियो ।

निषेधाज्ञा जारी भएपछि दुर्गाथली ४ का चार किल्ला पूर्वमा चौधारी बजार, पश्चिममा दुधिला, उत्तरमा मौलाली जाफ्रीको सिमाना र दक्षिणमा गाग्रीपाटाभित्र प्रवेश गर्न नपाइने र ४ नम्बर वडाबासीले पनि बाहिर जान नपाउने वडाध्यक्ष महेशप्रसाद जोशीले बताए । उनका अनुसार भदौ १४ गतेबाट जारी भएको निषेधाज्ञा भदौ २७ गतेसम्म जारी रहनेछ ।

दुर्गाथलीमा देखिएका २३ जना संक्रमितलाई चौधारी माद्यामिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिने र एक घरबाट अर्को घर, एक टोलबाट अर्को टोल र एक वडाबाट अर्को वडा जान पूर्ण रुपमा निषेध गरिने पनि दुर्गाथली गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बरका वडाध्यक्ष जोशीले बताए । उनका अनुसार निषेधाज्ञा जारी भएको समयमा अत्यावश्यक काम बाहेक जो कोही बाहिर निस्केमा संक्रामक रोग ऐन २०२० कारबाही गरिनुका साथै सिधै १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।

Hohel Kananga
Loading...