बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएको क्षेतीबारे अवलोकन गर्न बझाङ आउने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ आउने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो । आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।
प्रधानमन्त्री प्रचण्डले यस अघिनै मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका थिए।