बझाङ । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले केदारस्युँ गाउँपालिकालाई एम्बुलेन्स ड्राइभरको नियुक्ति निष्पक्ष गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ । हालै केदारस्युँ गाउँपालिकाले भित्र्याएको नयाँ एम्बुलेन्सका लागि युवा संगठन नेपालले एम्बुलेन्स चालक राजनीतिक भागबन्डाका आधारमा नभएर प्रत्यक्ष ट्रायल दिएर नियुक्ति गर्न भन्दै ज्ञापन पत्र बुझाएको हो ।
युवा संगठन नेपालका संयोजक आकाश शि नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा एम्बुलेन्स चालक राजनीतिक भागबन्डाका आधारमा चालक नियुक्ति गरे आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।