केदार मावि देउलिकोटमा फेरी अविभावकले गरे तालाबन्दी

Image

बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ देउलिकोट स्थित केदार माध्यामिक विद्यालय देउलिकोटमा प्रधानाध्यापक भर्नाको माग राख्दै फेरी अविभावकहरुले ताला लगाएका छन् । २०७८ साल पुस महिना देखी प्रधानाध्यापक विहीन अवस्थामा संचालन हुँदै आएको उक्त बिद्यालयमा प्रधानाध्यापक नहुँदा शिक्षकले मनपरि गरिएको र पढाई समेत प्रभावित भएको भन्दै यसअघि भाद्र २५ गते विद्यार्थीहरुले बिद्यालय प्रशासनमा ताला लगाएका थिए ।

त्यस पछि सुरक्षाकर्मी सहितको उपस्थितीमा अविभावक विद्यार्थी र विध्यालय व्यवस्थापन समिती बिच ५ दिन भित्र प्रधानाध्यापक नियुिक्त गर्ने सहमती भएको थियो । तर अझै पनि प्रधानाध्यापक भर्नाको लागि विज्ञापन नगरेको भन्दै आज आइतबार अविभावकहरुले ताला लगाएको  अविभावक जगत बहादुर सिंहले बताउनु भयो । ३० / ४० जना अविभावकहरुले सहमति जनाउदै प्रअ भर्नाको लागि विज्ञापन नखुलाए सम्म ताला नखुलाउने भन्दै आज फेरी विद्यालयमा ताला लगाएका हुन् ।

राजनैनिक हस्तक्षेपका कारण विगत १९ महिना देखि प्रधानाध्यापक विहीन रहेको उक्त विद्यालयमा नियम विपरीत निमित्त प्रधानाध्यापक नियुक्ति भएका वासुदेव जोशीले र विव्यसका अध्यक्ष मान बहादुर बिष्टले प्रअको विज्ञापनका लागि ३ पटक सम्म विव्यस बैठेक बोलाएपनि गुणपुरक संख्या नपुगेपछि कुनै विज्ञापन गर्न नसकिएको विद्यालयका निमित्त प्रधानाध्यापक वासुदेव जोशीले बताउनु भयो ।

विद्यालयमा प्रअ भर्नाका लागि नगरपालिकाले पत्र पहिलेनै पठाइ सकेको भएपनि  राजनितीक पुर्वआग्रहकै कारण विव्यस सदस्यमा नेपाली काग्रेंस समर्थकहरुको बहुमत भएको र बैठकमा आएर प्रअ भर्नाको लागि विज्ञापन गरेपछि वरिष्ट शिक्षक लालसिहँ पुजारा योग्यता लगाएत सबै प्रकारले छनोट हुने भन्दै उनिहरु बेलाबेला बोलाउदा पनि बैठेकमा उपस्थित नहुने गरेको बताइएको छ ।

यसरी विद्यालयलाईनै राजनितीको अखडा बनाएपछि छोराछोरीको भविष्यमाथि खेल्न खोजेको भन्दै अविभावकले चिन्ता व्यक्त गरेकाछन्। निवर्तमान नगरप्रमुख धनबहादुर बिष्टको वडामा रहेको उक्त विद्यालयमा विव्यस समिती गठन गर्नकै लागि पनि लामो समय विवाद भएको थियो ।

याे पनि पढ्नुहाेस्  https://ganatantraawaj.com/archives/6012

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन