केदार मावि देउलिकोटमा प्रअ  भर्नाको माग गर्दै बिद्यार्थी द्वारा तालाबन्दी 

Image

बझाङ  । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ देउलिकोट स्थित केदार माध्यामिक विद्यालय देउलिकोटमा प्रधानाध्यापक भर्नाको माघ गर्दै बिद्यार्थीहरेले ताला लगाएका छन् ।  २०७८ साल पुस ४ गते देखि प्रधानाध्यापकविहीन अवस्थामा संचालन हुँदै आएको उक्त बिद्यालयमा प्रधानाध्यापक नहुँदा शिक्षकले मनपरि गरिएको र पढाई समेत प्रभावित भएको भन्दै सबै विद्यार्थीहरुले  बिद्यालय प्रशासनमा ताला लगाएको  कक्षा १० मा अध्ययनरत बिद्यार्थी कृष्ण महराले बताए ।

विगत १८ महिना देखि  प्रधानाध्यापक विहीन रहेको  उक्त विद्यालयमा नियम विपरीत  विद्यालयका शिक्षक वासुदेव जोशीले निमित्त प्रअको जिम्मेवारी लिएर काम गर्दै आएका छन् । तर निमित्त प्रअ भएर काम गरिरहेका जोशीले पनि राजनितीक पुर्वआग्रहकै कारण नियम विपरित निमित्तको जिम्मेवारी पाएका हुन् । यश बिपयमा बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले भने ताला खोलेर बिद्यालयमा पठनपाठन हुनुपर्ने र विद्यालयमा प्रअ भर्नाका लागि नगरपालिकाले पत्र पहिलेनै पठाइ सकेको र अब व्यविस र त्यहाँका स्थानियले मिलेर भर्ना गर्नुपर्ने बताए ।

बिद्यालयमा प्रअ भर्ना नहुन्जेलसम्मका लागि बिद्यालयमा लगाइएको ताला खोल्न नदिने उक्त विद्यालयकि कक्षा ११ मा अध्यनरत छात्रा गायत्री महराले बताइन् ।  वि.स. ०७८ पुस ४ गते उक्त विद्यालयका नि.वर्तमान प्रधानाध्याप ललित बहादुर सिहँको अवकास पछि निमित्त प्रअको जिम्मेवारी उक्त विद्यालयका वरिष्ट शिक्षक लालसिहँ पुजारालाईले पाउनुपर्ने हुन्छ । शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ मा सामुदायिक विद्यालयको प्रधानाध्यापकले कुनैपनि कारण विद्यालयमा अनुपस्थित भएमा वा प्रधानाध्यापक पद रिक्त भएको खण्डमा प्रधानाध्यापक नियुक्ति नहुन्जेल सम्मका लागि त्यस विद्यालयको बरिष्ट स्थायी शिक्षक निमित्त भई कामगर्ने व्यवस्था रहेको छ ।

सो व्यवस्था अनुसार निमिक्त प्रधानाध्यापकको जिम्वेवारी उक्त विद्यालयका प्रथम श्रेणी मावि उच्च बरिष्ट शिक्षक लालसिंह पुजाराले पाउनुपर्ने भएपनि राजनितीको कारण उनले पाउन नसकेका हुन् ।

विव्यस अध्यक्ष मान बहादुर बिष्टले आफुले राजनैतिक दबाबमा  शिक्षक वासुदेव जोशीलाई निमित्त प्रअको जिम्मेवारी दिएको सुइकार गर्नु भयो  ।  यस अघि पनि कुनैपनि निर्णय बिनानै निमित्त प्रधानाध्यापको जिम्वेवारी काग्रेंस निकट भएकै कारण गोपाल दत्त भट्टले पाएका थिए ।उनले राजिनामा दिएपछि फेरी साजनैतिक पुर्वआग्रहकै कारण वासुदेव जोशीलाइलाई निमित्त प्रअको जिम्मेवारी दिईएको हो । नगरपालिकाले प्रअ छनोटको प्रक्रिया अगाढी बढाउनको लागि असार महिनानै पत्र पठाएकोभएपनि राजनितीक विवादका कारण प्रअ भर्नामा विवाद आएकोे हो ।

यसरी विद्यालयलाईनै राजनितीको अखडा बनाएपछि छोराछोरीको भविष्यमाथि खेल्न खोजेको भन्दै अविभावकले चिन्ता व्यक्त गरेकाछन्। निवर्तमान नगरप्रमुख धनबहादुर बिष्टको वडामा रहेको उक्त विद्यालयमा विव्यस समिती गठन गर्नकै लागि पनि लामो समय विवाद भएको थियो । त्यसपछि राजनिती भागवण्डाका आधारमा एमाले निकट मान बहादुर बिष्टले पाएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन