कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा तीनओटा केन्द्र तोकिए
बझाङ – कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि बझाङमा तीन ओटा केन्द्र तोकिएका छन् । यही असोज ९ र १० गते सञ्चालन हुने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि तीनओटा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाइ बझाङले जनाएको छ ।
बझाङमा जिल्ला भरीबाट कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ९६२ जना बिद्याथी सहभागी हुदैछन् । ग्रेडवृद्धि परीक्षाका लागि तीनवटा परिक्षा केन्द्र सत्य मावि भोपुर,भैरव मावि झोता र सरस्वती मावि बुंगल बिजगडा परिक्षा केन्द्र तोकिएका छन् । ग्रेडवृद्धि परीक्षा ९ र १० गते बिहान ११ बजेबाट हुनेछ ।
९ गते पहिलो दिन अनिवार्य अंग्रेजी र एक मात्र विषयमा परिक्षा दिने विद्यार्थिको हकमा सबै बिषय,र दूइवटा विषयमा परिक्षा दिने विद्यार्थीका लागि आफुले परिक्षा दिन चाहेको बिषयहरु मध्यको सानो कोड भएको विषयको परिक्षा हुने छ भने १० गते आफुले परिक्षा दिन चाहेको बिषयहरु मध्यका ठुलो कोड भएको विषयको परिक्षा हुने राष्ट्रीय परिक्षा बोर्डले जनाएको छ ।