बझाङमा खुकुरी प्रहार गरि एक जनाको हत्या !

बझाङ : बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैरु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ ।

शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताउनुभयो । उहाँका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैरुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेर पक्राउ पर्ने सम्भावना रहेको छ।

Loading...