धनगढी: सेती प्रादेशिक अस्पताल धनगडीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । यस अधि धनगडीकै निसर्ग अस्पतालको आईसियूमा उपचार गराईरहेका गोदावरी नगरपालिकाका ४५ बर्षिय पुरुषमा हिजो मात्रै कोराना पुष्टी भएको थियो । कोरोना पुष्टि भएपछी सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । बुधबार विहान उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्