धनगढी : धनगढी उप महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बल बहादुर ऐर लाई प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष ऐरले धनगढीमा ससुराली भएका भारतीय नागरिकलाई त्रिनगर नाका भएर नेपाल प्रवेश गराउन आफै जिम्मा भइ अनुमती दिएका थिए । स्थानीय प्रशासनले भारतीय नागरिकलाई ल्याउन नपाईने भन्दै फिर्ता पठाएपछि नाकामा विवाद भएको थियो । विवाद भए पछि मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई त्रिनगर नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताए ।