बझाङ । करेन्ट लागेर घाइते भएका बुंगल नगरपालिकाका–६ स्थित लोगाका ३७ वर्षीय शेर बहादुर भण्डारीको आर्थिक अभावमा उपचार हुन सकेको छैन। चार महिना अघि बुंगल नगरपालिका –३ आरुखेतमा विद्युत जडानको काम गर्ने क्रममा करेन्ट लागि विद्युतको पोल बाट खसेर गम्भीर घाइते भएका भण्डारीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
विद्युत जडानको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनकाे धनगढीको निशर्ग हस्पिटलमा उपचार भइरहेको छ । भण्डारीकाे उपचारमा अहिलेसम्म १० लाख खर्च गरिसकेको भएपनि ठिक हुन सकेको उनका दाई कलक भण्डारीले बताउनु भयो ।
घाईते भण्डारीका हात खुट्टा नचल्ने र दिशा पिसाब गर्न सक्ने अवस्था समेत थिएन । हाल स्वास्थ्यमा अलि सुधार आएको भएपनि पिसाबमा खराबीका कारण मृगौलामा समस्या भएको डाक्टरहरुले बताएका छन । विद्युतको काम गर्दै आफ्नो गुजारा चलाईहरेका भण्डारीले आजभोलि हस्पिटलको बेडमा दिनहु थेरापी गर्नु पर्छ प्रत्यक दिनको १ हजार ४ सय रुपयाँ थेरपिमा खर्च हुने गरेको छ । उनको उपचार संगै धनगडीमा खाना बस्न लगायत अन्य खर्च मिलाउदा महिनामा ३० देखि ४० हजार खर्च आउने गरेको छ । घरमा भएकाे सबै पैसा उपचारमा खर्च गरिसक्दा पनि अहिले सम्म ऋण निकालेर उपचार गराई रहेका भण्डारीले फेरी मृगौलामा समस्या आएपछि उपचारका लागि आर्थिक सहयोग गर्नको लागि सबैमा अपिल गरीएको छ।
आर्थिक सहयोग गर्न चाहनेहरुले शेर बहादुर भण्डारीको नाममा कृषि बिकास बैंक बुङ्गल साखामा रहेको खाता नं.०८२६५०१३९७९५३०१२ मा रकम जम्मा गर्न सकिने छ ।