बझाङ : साउन २६ गते आएको बाढीले छविसपाथिभेरा गाउँपालिका १ को मटेली सिचाईँ नहर बगाएको छ । साउन र भदौ महिनाको पहिलो हप्ता आएको वर्षातका कारण आएको बाढीले मटेली सिँचाई नहरमा क्षति पुर्याउँदा बगडगाउँका किसानको पाक्न थालेको धानवालीमा हुर्कन नपाएको हो ।
स्थानीयले पटक–पटक निर्माण गर्दै आएको मटेली सिचाईँ कुलाकोे १५० मिटरभन्दा बढी बगाएपछि किसानहरु चिन्तित भएका हुन् । अधिकांश किसानको पाक्नै थालेको धानमा पानी नहुँदा धान उत्पादनमा कमी आउने स्थानीय किसान रामलाल जोशीले बताए । उनका अनुसार वर्षौंदेखि मटेली नहरको पानीले रोपाई गरी खेती गुजरा चलाउने बगडगाउँवासीहरु नहर नै बाढीले बगाएपछि चिन्तित भएका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्