सुरेश धामी, बझाङ ; बझाङको बुंगल नगरपालिकामा तीन वटा वडामा सेनेटरी प्याड निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएकोछ । यूएमएनको आर्थिक सहयोग र दलित सहयोग समाजको आयोजनामा नगरपालिकाका वडा नं ९ ,१० ,र ११ मा २ दिने तालिम सम्पन्न भएको प्रशिक्षक रमिता सिंहले जानकारी दिनुभयो ।
एक वडामा २ दिन सम्म संचालन गरिएको उक्त तालिममा एक वडा बाट ३५ जना महिला गरी तीन वडाबाट जम्मा १०५ जना महिनावारी हुने उमेरका महिलाहरूलाई कपडाको घरेलु सेनेटरी प्याड बनाउन सक्षमता तालिम दिइएको आयोजकले जनाएको छ । तालिममा महिनावारी स्वच्छता तथा सेनेटरी प्याड निर्माण लगायत सरसफाइको बारेमा पनि स्थानिय महिलाहरुलाई जानकारी गराएको प्रशिक्षक सिंहले बताएकि छन् ।