बझाङका ८ सहित सुदूरपश्चिममा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

Image

बझाङ : बझाङका ८ सहित सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ६६ नमूना परीक्षण गरिएका मध्ये ५० मा संक्रमण पुष्टि भएको हो ।पुष्टि हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका २, अछामको बान्नीगढी जयगढ गाउपालिकाका १७, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका ८, बझाङको छबिसपाथिभेराका ६ र दुर्गाथली गाउँपालिकाका २ जना रहेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका थपिएका ६ मध्ये ३ जना वडा नम्बर ६ का र ३ जना संक्रमित वडा नम्बर ७ का रहेका गाउँपालिका उपाध्यक्ष राधिका रतालाले जानकारी दिइन् । वडाध्यक्ष पदम मण्डेलका अनुसार वडा नम्बर ७ मा थपिएका ३ मध्ये २ जना नौराका र १ जना घट्टेका हुन् । त्यसैगरी, कैलालीको बर्दगोरीया गाउँपालिकाका ४, घोडाघोडी नगरपालिकाका ७ र जानकी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । ६ सय १६ नतिजा भने नेगेटिभ आएको उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन