बझाङ ; बझाङका बालबालिकालाई भोली र पर्सि भिटामिन ‘ए’र जुकाको औषधि खुवाइने भएको छ । यहि बैशाख ६ र ७ गते जिल्ला भित्रका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । ६ देखि ५९ महिना उमेर महिनासम्मका बालबालिकलाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरिक्षक दिपक ऐडीले जानकारी दिनुभयो । जिल्ला भित्रका १९ हजार ४ सय ७५ बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुावाइने उहाँले बताउनुभयो ।
औषधि संगै बालभिटा पनि खुवाउने बताइएको छ । आफ्ना बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।