बझाङमा उन्नत खेती प्रविधि सम्बन्धि जिल्ला स्तरीय कृषक तालिम शुरु

Image

बझाङ ; बझाङमा जिल्ला भरीका कृषकहरुको लागि उन्नत खेती प्रविधि सम्बन्धि तीन दिने जिल्ला स्तरीय कृषक तालिम  शुरु भएको छ । आइतबार प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना , प्रयोजना कार्यान्वयन एकाई बझाङको आयोजनामा जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सभाहलमा तालिम शुरु भएको हो । तालिममा जिल्लाका १२ वटै स्थानिय तहबाट ५२ कृषकको सहभागिता रहेको परियोजना कार्यान्वयन एकाईका सहायक प्राविधिक कुम्भराज रोकायाले जानकारी दिनुभयो ।

प्रशिक्षकहरु कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर विष्ट , पयोजना कार्यान्वयन एकाइका सहायक प्राविधिक कर्णबहादुर ऐर ,कुम्भराज रोकाया , वाली संरक्षण अधिकृत दिपेश कठायत ,कृषि अधिकृत दोरेन्द्र रोकाया , जयपृथ्वी नगरपालिकाका कृषि शाखा प्रमुख राम बहादुर खड्का लगायतले सहभागि कृषकलाई उन्नत कृषि प्रबिधि ,नयाँ प्रबिधि , थोपा सिचाई ,नानो युरीयामाल ,हडबेड, सिचाई प्रविधि ,दलहन बाली मलखात व्यवस्थापन , समुह गठन ,कृषकमा हुनुपर्ने गुणहरु लगाएतका बारेमा जानकारी गराईने उहाँले बताउनु भयो ।

कृषिका बारेमा तालिम मार्फत जानकारी लिन पाउदा सहभागि कृषकहरु खुशी भएका छन । तालिम आज देखी ३० गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया जनाउनुहाेस्