बझाङमा कुन विध्यार्थी संगठनले को संग गठबन्धन गर्छ ?

Image

बझाङ l बझाङमा सबै विध्यार्थी संगठनहरु गठबन्धन गरेर स्ववियुको निर्वाचनमा भाग लिने भएका छन् । त्रिभुवन विश्व विध्यालय अन्र्तगतका क्याम्पसहरुमा चैत ५ गते र सुदुरपश्चिम विश्वविध्यालय अनर्तगतका क्याम्पसहरुमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ । सोहि निर्वाचनलाई लक्षित गरि बझाङमा दुई–दुई विध्यार्थी संगठन मिलेर निर्वाचनमा भाग लिने भएका छन् । जसमा नेकपा एमाले निकट विध्यार्थी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा एकीकृत समाजवादी निकट विध्याथी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियू) विच निर्वाचनमा सहकार्य हुने भएको छ ।

त्यस्तै नेपाली काँग्रेस निकट विध्यार्थी संगठन नेपाल विध्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट विध्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विध्यार्थी संगठन विच निर्वाचनमा सहकार्य हुने भएको छ । विध्यार्थी संगठनका प्रमुख नेताहरुले आज निर्वाचनमा सहकार्य गरेर जाने भनेर छलफल गरी हस्ताक्षर गरेका छन् । निर्वाचनमा सहकार्य गरेर जानेभएपछी विध्यार्थी संगठनहरुले क्याम्पसहरुको भागवण्डा गरेका छन् । जसमा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियुको भागमा जयपृथ्वी बहुमुखी क्याम्पस, सेतीक्याम्पस बगडगाउँ, थलारा क्याम्पस खोली, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडा परेका छन् । यी पाँच क्याम्पसमा एमाले निकट अनेरास्ववियुले सभापती पदमा र नेकपा एस निकट अनेरास्ववियूले सचिव पदमा दावी गर्ने भएको छ । यस्तै नेकपा एस निकट विध्यार्थी संगठन अनेरास्ववियूको भागमा शान्ति आर्दश क्याम्पस व्याँसी, बझाङदिप क्याम्पस झोता र त्रिवेणी आर्दश क्याम्पस विजगडा परेका छन् । यी तिन वडा क्याम्पसमा नेकपा एस निकट विध्यार्थी संगठनले सभापती पद र एमाले निकट विध्यार्थी संगठनले सचिव पदमा दावि गर्ने भएको छ ।

नेपाली काँग्रेस निकट विध्यार्थी संगठन नेपाल विध्यार्थी संघ र माओवादी केन्द्र निकट विध्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विच पनी निवार्चनमा गठबन्धन हुने भएपछी क्याम्पसहरु भागबन्डा गरिएको छ । जसमा नेविसंघले त्रिवेणी आर्दश क्याम्पस विजगडा, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडा, जयपृथ्वी बहुमुखी क्याम्पस, सेती क्याम्पस बगडगाउँ, आफ्नो भागमा पारेको छ । यी पाँच क्याम्पसमा नेविसंघले सभापती पदमा र अनेरास्ववियु (क्रान्तिकारी)ले सचिव पदमा दावी गर्ने भएको छ ।

त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी)ले बझाङदिप क्याम्पस झोता, शान्ति आर्दश क्याम्पस व्याँसी र थलारा क्याम्पस खोली आफ्नो भागमा पारेको छ । यी तिन क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)ले सभापती पदमा र नेविसंघले सचिव पदमा दावि गर्ने भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन