म जन्मन अझै बाँकी छ…

नरेश प्रशाद जोशी । अँ साच्चि म जन्मेकै छैन् । यो धर्तिमा मेरो बहिर्गमन मात्र भएको हो । मेरा आफन्तहरु मृत्युको भयमाथि जित हासिल गर्न मेरो जन्मलाई खुव प्रचार गरिरहेका छन् । म स्वयँम पनि आफुलाई आफु प्रमाणित गर्न विगतदेखि नै यो दिन ( फाल्गुन १८ ) लाई उत्सवको रुपमा मनाउदै आएको छु ।

तर, मैले आज सम्म म जन्मेको अनुभव गर्न पाएको छैन् । अनुभव नगरेको कुरालाई कसरि सत्य मानु म खै ? त्यति कुरालाई मात्र सत्य मान्न सक्छ , जसलाई जिवनमा आज सम्म अनुभव गर्न पाएको छु । मैले मेरो जन्मलाई अनुभव गर्न पाइनँ । अनुभव नगरेको मेरो जन्मलाई म सत्य स्वीकार्न सक्दिनँ । त्यसैले मेरो जन्म भएको छैन । म जन्मन अझै बाँकी नै छ ।

मेरो आमा–बाले भनेको मितिलाई राज्यको निकायबाट जब प्रमाणित गरे तब मसँग फाल्गुन १८ को साइनो सधैंका लागि गाँसियो । आमा भनाइअनुसार त्यो त्यो एका बिहानै बैतडीको उच्च पहाडी क्षेत्रको दशरथचन्द नगरपालिका–९ एक ठुलो पहाडको काखमुनि सानो चेतनशील सानो शरीर आमाको कोखबाट बाहिरी संसारमा आगमन भयो । त्यही भएर यही दिन मेरो जन्मदिन घोषणा गरिदिए । तर, त्यो शरीरको प्रारम्भ त केही महिनाअघि आमाको गर्भमा भइसकेको रहेछ । जन्मलाई प्रारम्भ मान्दिन म । मानौं पनि कसरि शरीरले आत्मसात गरेको चेतनशीलता र आमा–बाको प्रजनन संरचनामा पहिले नै स्थापित थियो ।

अझ भनौं, गतिशील ऊर्जाको रूपमा रहने चेतना त सजीव प्राणीमा अन्तर्निहित रहन्छ । यसर्थ त्यो दिन जन्मिएको भनिएको अस्तित्व त ब्रम्हाण्डको स्रोतका रूपमा रहेको ऊर्जाको एक रूप भन्ने भएपछि त भन्न सकिन्छ कि, न यसको जन्म हुन्छ न मृत्यु । केवल रूपान्तरण र स्वरुपीकरण मात्र हुन्छ । यस आधारले त कुनै मितिको कुनै अर्थ नै रहेन । यो कहिले नजन्मिने र नमर्ने अस्तित्वलाई ती जोडीले न्वारान गरे, नाम राखे, परिवार चिनाए, समाज देखाए, पढाए, विभिन्न नियम र प्रणालीमा आबद्ध गराए । आर्थिक, राजनीतिक, सामाजिक, मनोवैज्ञानिक, परिस्थिति र अनुभूतसँग साक्षात्कार गराए । विभिन्न बन्धन, संघर्षका अवधारणाहरूलाई आत्मसात गर्ने परिस्थितिको निर्माण गरे । ती सबै नियतिबीचबाट आफ्नो नियति निर्माण गर्ने अवसर प्रदान गरे । यही क्रममा त्यस फाल्गुन १८ गतेको अस्तित्वले आफ्नो ‘सेल्फ’ को निर्माण ग¥यो । र, आफूलाई अनुभूति गर्न थाल्यो । आफ्नो अस्तित्वको सुरक्षा गर्न थाल्यो । अनि आफ्नो संसार निर्माण ग¥यो ।

यही प्रणालीभित्र म, मेरो, मैले, मलाईजस्ता आधारभूत अवधारणाहरूको प्रारम्भ ग¥यो र त्यसलाई विकास गर्दै गयो । यदि जन्मको अर्थ प्रारम्भ हो भने त्यस दिनभन्दा धेरै पछाडि थोपा–थोपा क्षणमा, स्थिति÷परिस्थितिहरूमा, सपना र चाहनाहरूमा, घटना÷परिघटनाहरूमा, नियत र नियतिहरूमा, सम्बन्ध, अवधारणा, वस्तु र अनुभूतिहरूमा पो हुँदै आयो । अर्थात् निरन्तर जन्मिरह्यो र यो जन्मिरहन्छ । मानवको यति नै अवधारणाहरूको विश्लेषण गर्दा त मेरो जन्म फाल्गुन १८ गते भएको रहेनछ । केवल तयार शरीर बाहिर निस्केको मात्र रहेछ । भित्रबाट बाहिर निस्कनुलाई जन्म भन्नु आफैंमा कतिको जायज परिभाषा हो ! जन्मको अर्थ यदि भित्रबाट बाहिर निस्कनु हो भने के मृत्यु बाहिरबाट भित्र जानु हो ? त्यो भित्रचाहिँ के होला त ? सायद, यसको परिभाषा नै पुनरावलोकन गर्नु आवश्यक छ कि ! जन्मलाई प्रारम्भ ठान्ने प्रवृत्तिले यो बताउन सक्नुपर्छ– प्रारम्भ भन्दाअघि के हुन्छ ?

आमाको शरीरभित्र अस्तित्व निर्माण हुने घटना प्रारम्भ हैन भने प्रारम्भ के हो त ? त्यही प्रवृत्तिले मृत्युलाई अन्त्य ठान्छ । अनि जन्म सँगसँगै मृत्युको अस्तित्वलाई स्वीकार्छ । जन्म सँगसँगै मृत्यु गाँसिन्छ भने मृत्युसँग जन्म पनि त गाँसिन्छ । यसले त चक्रको निर्माण गर्छ । त्यसो हो भने चक्रमा प्रारम्भ र अन्त्य कहाँ हुन्छ ? प्रारम्भ र अन्त्य हुँदैन भने जन्म र मृत्यु पनि हुँदैन । यसर्थ जन्ममा उत्सव र मृत्युमा शोक किन गरिन्छ त ? किन भने जन्मलाई प्राप्ति र मृत्युलाई क्षतिको रूपमा लिइन्छ ।

यही अवधारणाले जीवनभर प्राप्तिको लालसा राखिरहन्छ र मृत्युसँग डराइरहन्छ । मृत्युलाई ती सबै प्राप्ति गुमाउने परिस्थितिको रूपमा चित्रित गरिन्छ । मृत्युको यो भयलाई जित्न मान्छेले जन्मलाई बढीभन्दा बढी प्रचार गर्छ । आत्मसात गर्छ र प्राप्ति–उपलब्धिको आत्मरतिमा रमाउँछ । त्यसैले जन्मदिनको उत्सव मनाउँछ र आफूलाई आफू हुनु प्रमाणित गर्ने प्रयत्न गर्छ । त्यसको सामाजिक स्वीकार्यता हासिल गर्न शुभकामना, उपहार आदान–प्रदानदेखि आफूले सक्दो भोज–भत्तेर गर्ने कार्यक्रम गर्दछ । बाहिर रमाउँछ, भित्र–भित्र मृत्यु नजिक पाइला चल्दै गरेको अनुभूतिहरूबाट त्रसित हुन्छ । वास्तवमा यो जन्मदिनको उत्सवको आवश्यकता त्यही ‘सेल्फ’को हो । जसलाई आफ्नो अस्तित्वको हुँकार गर्नुछ । ऊ जन्मिरहन चाहन्छ । मूल कुरा, ऊ स्थायी हुन चाहन्छ ।

त्यही स्थायित्वको आवश्यकतामा ऊ कम्तीमा एउटा दिनलाई विशेष बनाउन चाहन्छ र हरेक वर्ष चाहनालाई पूरा गरेर विशेष आनन्दको अनुभूति पूरा गर्न जन्मदिन मनाउने प्रपञ्च गर्छ । त्यसैले आज मेरो जन्मदिन मेरो होइन । । मेरो जन्मदिन मलाई थाहा छैन । किनकि, म जन्मिएकै छैन । त्यसको लागि मैले उसको संसार त्याग्नुपर्छ, उसले बनाएको म÷मैलेजस्ता सर्वनामहरू पहिचान गर्नुपर्छ र त्यसको बन्धनबाट मुक्त हुनुपर्छ । त्यसैले फाल्गुन १८ ले दिने शुभकामना उपहारहरू स्वीकार्दै केक काट्ने र ‘ह्याप्पी बर्थडे टू यू’ मा मुस्कुराउँछ । यो नजन्मिएको मान्छे जन्मदिन मनाउँदै सोच्दै छ– म जन्मिन्छु कहिले त ?

Samajik
Bithadchir 2
Loading...