Jayaprithvi Municipality

बझाङमा शिक्षकहरुलाई कथा वाचन तथा शिक्षण सामाग्री निर्माण तालिम शुरु

बझाङ ; शिक्षकहरुका लागी कथावाचन तथा शिक्षण सामाग्री निर्माण सम्वन्धी ४ दिने तालिम शुरु भएकोछ । बझाङको सदरमुकाम चैनपु्रमा मंगलबार देखि उक्त तालिम शुरु गरिएको हो । बझाङ जिल्लामा संचालित प्रगतिशिल युवासमाजको आयोजना, जयपृथ्वी नगरपालिकाको समन्वय र वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमको शिक्षा परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिएको छ । कार्यक्रममा जयपृथ्वी नगरपालिकाका कार्यक्रम लागु भएका वडाहरु १,६,८,र ११ का गरी १५ विध्यालयका आधारभुत कक्षाका १८ जना शिक्षक सहभागि भएका छन् । प्रगतिशिल युवासमाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक निरज प्रसाद रेग्मी प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा बोल्दै संयोजक रेग्मीले संस्थाले गर्ने विभिन्न कार्यक्रमहरुले नगरपालिकाको शिक्षा क्षेत्रमा सहज भएको बताउनुभयो।

रेग्मीले राज्यको लागानी अनुसार शिक्षामा सुधार नभएकाले यस विषयमा नगरपालिकाको शिक्षा शाखाको ध्यानाकर्षण भएको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष रमेश केसीले नगरपालिकाले पुरानै तरिकाले नभइ नयाँ तरिकाले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । विध्यार्थीहरु सुनेर भन्दा पनि प्रयोगात्मक रुपमा शैक्षिक सामाग्रीको प्रयोगले बढी बुझ्ने भएकाले तालिम प्रभावकारी हुने पनि केसीले विश्वास व्यक्त गर्नुभयो । संस्थाले कार्यक्रम लागुभएका वडाहरुमा भौतिक संरचना निर्माणका कामहरु समेत गर्न थालेको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...