मौसममा आंशिकदेखि सामान्य बदली , वर्षाको सम्भावना बिहीबारपछि मात्रै

45

काठमाडौं । आज पनि मौसममा आंशिकदेखि सामान्य बदली आएको छ । पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही ठाउँमा हिमपात हुने सम्भावना छ । बाँकी भू–भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।राति पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । यो क्रम आगामी बिहीबारसम्मै कायम रहने महाशाखाले जनाएको छ।

बिहीबार भने हिमपातसँगै सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाको पनि सम्भावना रहेको छ ।  यो वर्ष हिउँद जानै लाग्दा पनि वर्षा हुनसकेको छैन ।आज तराईको भू–भागमा हुस्सु र कुहिरो लागेका कारण सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

Loading...