डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले नदिजन्य उत्खनन्मा रोक लगाउने निर्णय गरेको छ । तर नगरपालिकाका मेयर भिम साउदकै स्वामित्वमा रहेको राजेन्द्र निर्माण सेवाले नदिमा क्रसर राखेर गिट्टी, बालुवा संकलन गरिरहेको छ । साउन २३ गते परशुराम नगरपालिकाले एक सुचना जारी गर्दै परशुराम नगरपालिका अन्र्तगत पर्ने नदि तथा खोलाहरुमा बालुवा,गिट्टी र ढुङ्गा उत्खनन् कार्यमा रोक लगाईएको र राेक लगाउने निर्णय कार्यान्वयन नगर्नेलाई कानुनी कारवाही गर्ने समेत उल्लेख गरेको छ । तर परशुराम नगरपालिकाका मेयर भिम ब. साउदकै स्वाविमत्वको राजेन्द्र निर्माण सेवाले भने धमाधम नदि जन्य पदार्थ उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्