बझाङ – बझाङमा मेयर कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बुङ्गल क्रीकेट ट्रेनिङ सेन्टर झापाको आयोजना र बुङ्गल नगरपालिकाको मुख्य प्रायोजनमा माघ २० देखि बुङ्गल नगरपालिका —६ झापामा प्रथम वडा स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको हुने भएको हो ।
प्रतियोगितामा बिजेताले नगद १ लाख रुपियाँका ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बुङ्गल क्रीकेट ट्रेनिङ सेन्टरका अध्यक्ष पुस्कर कार्कीले बताए । प्रतियोगितामा म्यान अफद सिरीजले नगद ५ हजार ,ट्रफी, मेडल र प्रमाणपत्र , सर्वाेत्कृष्ट बलरले नगद रु. ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र र सर्वाेत्कृष्ट ब्याट्सम्यानले पनि नगद रु. ३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । खेलका लागि माघ १९ गते साझ सम्ममा टिमले नाम दर्ता गराइसक्नुपर्नेे छ ।