बझाङका एकजना कैलालीको अत्तरियाबाट ९ किलो चरेससहित पक्राउ

बझाङ – बझाङका एकजना कैलालीको अत्तरियाबाट चरेससहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका – २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नबिन होटलबाट चरेस सहित बझाङको दुर्गाथली गाउँपालिका – ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन ।

उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका दौत्यालको साथबाट चरेस जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

 

Bungal Purai
Bithadchir 2
Loading...