श्रीमतीलाई अँगालो हालेको देखेपछि शिक्षक विष्टको हत्या, अभियुक्त सार्वजनिक

Image

बैतडी ; बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको गरेको आरोपमा पक्राउ परेका अभियुक्त लाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार विष्टको हत्या आरोपमा पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई पक्राउ गरेको थियो। हिजै उनीहरूलाई पक्राउ गरिएकोमा आज प्रहरीले सार्वजनिक गरेको हो।विमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा बसेर कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। पौष १ गते राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको प्रजाले स्वीकार गरेको प्रहरीले जनाएको छ।

‘पुस १ गते राति विमला बोहरा शौचालय जान्छु भनेर बाहिर निस्केकी रहेछन्। तर, ढिलो गरेपछि प्रजा (पति) ले खोजी गर्दा शिक्षक विष्टले अँगालोमा देखेछन्। त्यसपछि प्रजाले विष्टलाई मुक्का हानेर ढलाएको बताएका छन्। प्रजाले विष्टको छाती र मुखमा हानेको जिकिर गरेका छन्।’ यस्तै छात्रवासमै हत्या गरेका विष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ। घटनाका अभियुक्तमाथि १० दिनको म्याद थपेर अनुसन्धान हुने प्रहरीले बताएको छ। शिक्षकविष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्