बैतडीमा शिक्षक बिष्टको हत्यामा श्रीमान–श्रीमतीको संलग्नता ,आज सार्वजनिक गरीने

बैतडी ; बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको हत्या आरोपमा पक्राउ परेका दुवै जना अभियुक्त श्रीमान–श्रीमतीले प्रहरी समक्ष अभियोग स्वीकार गरेका छन् भने उनिहरुलाई बिहीबार सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
स्रोतका अनुसार ‘घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर म पनि उनीसँगै आउदा…..देखेपछि मैले मुक्का प्रहार गरेको हुँ,’ बयानमा अभियुक्तले भनेका छन्, ‘सोही क्रममा ढलेर उहाँको मृत्यु भयो ।’ प्रहरी स्रोतकाअनुसार विष्टको मृत्यु भएपछि लडेको देखाउने उद्देश्यले शव क्याम्पसको होस्टेल नजिकै फालेको उनीहरुले स्वीकार गरेका छन् । ती युवती कृष्ण मावीमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गर्दै आएको बुझिएको छ । उनी क्याम्पसकै होस्टेलमा बसेर अध्ययन गर्ने गरेकोमा घटना भएको दिन श्रीमान पनि उनीसँगै थिए ।

जिल्ला प्रहरी कार्यालय कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताउदै आज सम्ममा प्रतिक्षा गर्न आग्रह गरेका छन् । प्रहरीले घटनाको अनुसन्धानका लागि चार जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

janahit ma jari sandesh
Masta R.M
Loading...