दार्चुलाका बस्तीमा विद्युत् विस्तार भएसँगै परम्परागत पानीघट्ट लोप हुँदै

Image

दार्चुलाः दार्चुलाका बस्तीमा विद्युत् विस्तार भएसँगै परम्परागत पानीघट्ट लोप हुँदैै गएका छन। जिल्लाको शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामीले विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताए।

विद्युतको पहुँच सबैतिर पुगेसँगै आधुनिक प्रविधि , विद्युतीय मिल भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन् । केही वर्षअघि घरघरमा जाँतोमा अन्न पिस्ने गरेकामा अहिले आधुनिक चक्की स्थापनासँगै त्यो लोप भएको महाकाली नगरपालिका–७ का फगिरसिंह धामीले बताए। रातभरि जाँतोमा अन्न पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्ट पनि केही वर्षयता लोप हुँदै गएका छन् । छिटोछरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्ट बनाउ छाडेको र पानीघट्टसम्बन्धी कसैले चासो नराखेका धामीले बताए।

प्रतिक्रिया जनाउनुहाेस्