बैतडी–प्राविधिक कर्मचारीहरुले आफ्नो दायित्व पूरा नगरेका भन्दै बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । पाटन नगरपालिकाको निर्माणाधिन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएकाले नगरपालिकाले प्राविधिक कर्मचारीमाथि कारवाही गरेको हो ।
शनिबार बसेको नगरकार्यपालिका बैठकले नगरपालिकामा कार्यरत करार सेवाका इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सवइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । प्राविधिक कर्मचारीहरुले भौतिक संरचना निर्माणका बेला ध्यान नदिएका कारण भौतिक संरचना गुणस्तरहीन बनेका नगरपालिकाको दाबी छ । केही दिन पहिलादेखि विभिन्न संरचनाहरुको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरु गुणस्तरहीन पाइएका थिए
प्रतिक्रिया जनाउनुहाेस्