बझाङका दुई जना लागु औषध चरेस सहित धनगढीबाट पक्राउ परेका छन् । कैलालीको धनगढी उप-महानगरपालिका ८ क्याम्पस चोक नजिकबाट विशेष सूचनाको आधारमा उनीहरू लागु औषध चरेस सहित पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआईटी) टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले, बझाङको खप्तडछान्ना गाउँपालिका ३ घर भई हाल जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ८ कैलालीगाउँ बस्ने वर्ष १९ का क्षितिज रावल लाई सडकमा हिडि रहेको अवस्थामा शङ्का लागी चेक जाँच गर्दा १ किलो २०० ग्राम चरेस र बझाङकै छविस पाथीभरा गाउँपालिका २ बस्ने वर्ष ३६ को जक्सन रोकायाको साथबाट ८०० ग्राम चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको कैलाली प्रहरीले जनाएको छ ।