माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर देउवासंग मागे प्रधानमन्त्री पद

Image
फाईल तस्विर

काठमाण्डौ ; नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर देउवासँग प्रधानमन्त्री पदको लागि प्रस्ताव गरेका छन् । शनिबार बालुवाटामा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। प्रत्यक्ष र समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक भएसँगै उनीहरुबीच नयाँ सरकार निर्माणका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।‘ निर्वाचनको परिणाम सार्वजनिक भएसँगै उहाँहरूबीच सरकार निर्माण लगायतका विषयमा छलफल भएको हो।

प्रचण्डनिकट अनुसार भेटवार्ताका क्रममा प्रचण्डले देउवासमक्ष प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइएको छ। जवाफमा देउवाले गठबन्धनभित्र छलफल गरेर अगाडि बढ्ने बताएका थिए। नेकपा माओवादी केन्द्रले सरकारको पहिलो कार्यकाल आफूहरूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ। संसद् विघटनपछि कांग्रेसले सरकारको नेतृत्व गरेकाले यस पटक आफूहरूले नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ। अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा सरकारको पहिलो कार्यकाल आफूले पाउने दाबी गर्दै आइरहेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्