निर्वाचन आयोगले आज प्रदेश सभा सदस्य निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउने

Image
तस्बिर : निर्वाचन आयोग

काठमाडौं  ; निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए।

प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती पुगेका छन्। गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने छन्। सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले जानकारी दिए।

यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी दिए। प्रतिवेदन बुझाउनुअघि शनिबार नै सबै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी आयोगले जनाएको छ। प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन