साविक पिपलकोट गाविसको ६ लाख ९३ हजार बढी रकम हिनामिना, एघार वर्षपछि खोजी !

Image

सुरेश धामी, बझाङ ;  बझाङको बुंङ्गल नगरपालिका –६ स्थित साविकको पिपलकोट गाविसको सामाजिक सुरक्षा भत्ता, प्रोड शिक्षा र अन्य वाफतको ६ लाख ९३ हजार ३ सय ६६ रुपयाँ हिनामिना गरीएको पाइएको छ । तत्कालिन गाविस सचिव महेश जोशीले २०६७ सालको सामाजिक सुरक्षा भत्ता र प्रोड शिक्षा वाफतको उक्त रकम हिनामिना गरीएको भेटीएपछि स्थानिय जनता आक्रोशित बनेर तत्कालिन गाविस सचिव जोशीलाइ कानुनी कारवाही गर्नुपर्ने आवाज उठाए ।

जनताले उक्त आवाज उठाएपछि २०६७ साल मंसिर २४ गते सार्वदलिय बैठक बस्यो। सर्वदलिय बैठकमा नेपालि कांग्रेस बाट निर्वमान वडा अध्यक्ष धन बहादुु सिँह, नेकपा एमाले बाट भिम बहादुर धामी, माओवादी केन्द्र बाट किशोर कुवर गरी तीनै पार्टीका प्रतिनिधिहरु मिलर तत्कालिन गाविस सचिव जोशीबाट हामिले जसरी पनि पैसा असुल गर्नुपर्ने हो , हामि असुल गर्छौ ,पिडित जनताको सामाजिक सुरक्षा वाफतको रकम हामी असुल गर्छौ भन्दै आक्रोशित पिडित जनतालाई आसवासशन दिए ।

आरोपित सचिव जोशीलाई कानुनी कारवाही गर्दा सचिव जोशीको जागिर जाने भन्दै सचिवको जागिर जोगाइदिने गरी एक वर्ष भित्र जोशीबाट जसरी पनि हिनामिना रकम असुल गर्ने भन्दै तीनै पार्टीका प्रतिनिधिले प्रतिव्यक्ति २ लाख ३१ हजार १ सय २२ रुपयाँका दरले साहु बनि जिम्मा लिए र आरोपी सचिव जोशीको वुवा जन्मजय जोशीकोे नाममा साहुलाई तिर्न ऋण लिएको भनि एक वर्ष भित्र साँवा व्यास एकमुष्ट बुझाउने छु र बुझाउन नसके मेरो घर–घरनबाट असुल उपर गरी लैजानु भनि तमसुक बनाए । तमसुकमा उल्लेखित रकम असूल गर्न नसके आफु असुल गर्छौ भनि सहमति गराए ।

तमसुक

त्यसपछि उक्त रमकका खोजी कसैले गरेनन् । अहिले ११ वर्ष पछि बुगंल नगरपालिका वाडा नं ६ का एमाले बाट निर्वाचित वडा सदस्य प्रेम धामीको नेतृत्वमा स्थानियले उक्त रकमको रोजिखोजी शूरु गरेका छन् । आरोपित सचिव जोशीले भने उक्त करम उतिबेलै जिल्ला विकास समितिमा बझाएको दावि गरेका छन् तर उहाँ संग सकम बुझाएको केहि प्रमाण छैन ।

पार्टीका प्रतिनिधिले तपाईको जागिर जोगाउने तरीकाले सहमति गर्दा पनि किन तपाईले जिविसमा पैसा बुझाउनु भयो भन्ने प्रश्नमा उहाँले कुनै जवाफ दिनुभएन । जिविसमा पैसा बुझाएको जानकारी पार्टीका प्रतिनिधिलाई पनि नगराएको उहाँले बताए ।यता उक्त रकम असुल गर्ने जिम्मा लिएका तिनै पार्टीका प्रतिनिधिहरु पनि अहिले मौन बसेको र रकमको खोजिमा चासो नदेखाएको स्थानियको आरोप रहको छ ।

पार्टीका प्रतिनिधिहरुले भने जोशीले अहिले सम्म पैसा नबुझाएको र आरोपित जोशी सम्पर्कमै नरहेको बताए । उहाँहरुले आफु पैसा असुल गर्न अझै प्रयास गर्ने बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्