सुरेश धामी , बझाङ ; विद्यालय व्यवस्थापन समितिको पदाअवधि सकिएको १ बर्ष ६ महिना बढी वितिसक्दा पनि बझाङको बुंगल नगरपालिका – ६ स्थित कन्या माध्यामिक विद्यालय बटुलसेरामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । २०७८ जेठ महिनामा पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यअवधि सकिएको भएता पनि हाल सम्म नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो ।
विव्यस समिती गठन गर्नकै लागि बुगंल नगरपालिकाले तीन पटक पत्र काटेर निर्देशन दिएको भएपनी निर्वमान विव्यस अध्यक्ष पुस्कर काक्री र प्रधानाध्यापक हरेन्द्र भण्डारीको सबै कुरा मिल्ने भएकाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न चासो नदिएको उक्त विद्यालयका अविभावक गणेश भण्डारी बताए ।विव्यसको म्याद सकिएपछि बेलाबेलामा आफुहरुले विव्यस गठन गर्नको लागि अविभाक भेला गराएर छलफल गर्नुपर्ने सुझाव दिएको भएपनी बिद्यालय प्रसासनले भने पछि गरौला भन्दै कुनै चासो नदेखाएको उहाँको भनाई छ ।
यता विद्यालयका प्रधानाध्यापक हरेन्द्र भण्डारी र निर्वमान विव्यस अध्यक्ष पुस्कर काक्रीले भने नगरपालिकाले २०७५ सालमा नयाँ ऐन ल्याएर विव्यसको ४ बर्षको कार्यकाल बनाएको र गत जेठमा ४ बर्षको कार्यकाल सकिएको दावि गरेका छन् । तर नियममा स्थानिय तहको कानुन संग संघिय कानुन दाजियमा स्थानिय तहको कानुन स्वत खारेजी हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार ०७८ जेठमै उक्त विद्यालयको विव्यसको कार्यकाल सकिएको हो ।
उक्त विद्यालयमा पठन पाठनमा शिक्षकहरुले लापरबाही गर्दै आएको पनि अभिभाव तथा विद्यार्थीहरुले आरोप लगाएका छन् । कार्यालय समयमा शिक्षक बजार घुम्न जाने ,बिबाह पार्टीमा सहभागी हुने र हाजिर पनि धेरै दिनको एकै पटक लगाउने र अभिभाव भेला सार्वजनीक सुनुवाई पनी नगरेको स्रोतले बतायो । प्रधानाध्यापक भण्डारीले भने सबै आरोप झुटा र निराधार भएको बताए । उनले भने, चुनाव र केही अन्य कारण विव्यस गठनमाढीलाई भएको र अब मंसिर महिना भित्रै गठन प्रक्रिया अगाढी बढाछु ,र पठन पाठनमा पनि नियमति हुने गरेको छ ।
विव्यस गठनको लागि नगरपालिकाले तीन पटक पत्र पठाइ सकेको र अहिले सम्म विव्यस गठन भएको जानकरी नआएको बुंगल नगरपालिकाका शिक्षा शाखा प्रमुख धनकृष्ण रेक्मीेले बताए । उहाँले आइतबार बिद्यालयमै गएर सबै कुरा बुझ्ने पनी बताए ।