दार्चुला– दार्चुला सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरमा कार्यरत सशस्त्र प्रहरी हबलदार नरेन्द्र विष्टले एक महिलालाई रगत दिनुभएको छ । दुहुँ गाउँपालिका–५ की ३७ वर्षीया उर्मिला डडाललाई सशस्त्र प्रहरी हबलदार विष्टले रगत दिनुभएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
अत्यधिक रक्तश्राव भएका कारण ३७ वर्षीया उर्मिलालाई रगतको आवश्यकता परेको थियो । अत्यधिक रक्तश्राव भएपछि उर्मिलाको रजस्वला नै रोकिएको थियो । उहाँलाई आवश्यक परेको (ए) पोजेटिज रगत सशस्त्र प्रहरी हबलदार विष्टले दिनुभएको हो । सशस्त्र प्रहरी हबलदार विष्ट बुधवार जिल्ला अस्पताल पुगेर उहाँलाई एक पिन्ट रगत दिनुभएको गणका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक वीरसिंह धामीले जानकारी दिनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्