काठमाडौं ः समानुपातिक तर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ।
निर्वाचन आयोगमा प्रविष्ट पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ।
माओवादी चौथो स्थानमा छ। उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५ हजार ५६ मत आएको छ।
जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ। नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडी छ उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत आएको छ।