बझाङमा प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

बझाङ – बझाङमा प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट पूर्व मन्त्री पनि एवं नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी विजयी हुनुभएको छ ।

पूर्व मन्त्री जोशी २८ हजार ४१३ मतसहित प्रप्त गरे भने उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ऐन महरले २७ हजार ४१२ मत प्राप्त गर्नुभयो । बुधबार राति सार्वजनिक परिणाममा जोशीले एमालेका महरलाई १ हजार १ तम आन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । मतगणना भइरहँदा दुवै जनाबीच कडा प्रतिस्पर्धा थियो । जिल्लाभरि प्रतिनिधिसभामा कुल ६१ हजार ५०६ मत खसेकोमा ३ हजार ४५९ मत बदर भएका छन् ।

प्रदेशसभा १ बाट गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । सिंह ३ हजार ७७५ मतले विजयी हुनुभएको हो । प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा ३२ हजार ४०८ मत खसेकोमा १ हजार १३० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ मा गठबन्धनका भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका नेता भण्डारीले १३ हजार ८७९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार लालबहादुर रावलले ११ हजार ३३७ मत प्राप्त गर्नुभएको छ । यसरी मतान्तर हेर्दा २ हजार ५४२ रहेको छ ।

यस्तै प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ मा २९ हजार ७ सय ६८ मत खसेकोमा १ हजार ७ सय ६५ मत बदर भएका छन् । जिल्लाभरि कुल मतदाता १ लाख २२ हजार ३७६ रहेका थिए ।

janahit ma jari sandesh
Masta R.M
Loading...